‘मेयर’का लागि सर्लाही पुगिन् ऋचा

२२ फागुन २०८० १३:०४

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा अहिले सर्लाहीमा छायांकन भइरहेको चलचित्र ‘मेयर’मा नायिका ऋचा शर्मा जोडिएकि छिन्। ऋचाले सर्लाहीको बागमती पुगेर आजैबाट छायांकन सुरु गरेको निर्माणपक्षले जनाएको छ।

पछील्लो समय एकपछि अर्को चलचित्रमा व्यस्त बन्दै गएकी उनले यो चलचित्रमा कुन भूमिकामा काम गर्दैछिन् भन्ने चाँही गोप्य राखिएको छ। नायिका शर्माले केही महिना अगाडि चलचित्र डिग्री माइला’को छायांकन सकिन् । निर्माणपक्षले अहिलेसम्म यो चलचित्रमा ऋचा पनि रहेको खुलाएको छैन । तर, चलचित्रमा ऋचाको विशेष भूमिका रहेको गोप्य श्रोतबाट खुलेको छ ।

सर्लाहीका मेयर भरत बहादुर थापाको कथामा निर्माण भएको यो चलचित्रमा नायिका वर्षा राउतले मुख्य नायिकाको रुपमा काम गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *