‘उपहार’मा वकिल बनेकी बेनिशा हमाल

२२ फागुन २०८० १२:४४

आगामी शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आउने तयारी गरेको चलचित्र ‘उपहार’ नायिका बेनिशा हमालले वकिलको भूमिका निर्वाह गरेकी छिन्। निर्देशक ज्ञानेन्द्र देउजाले उनलाई नायिका पूजा शर्माले गरेको भूमिकाका लागि अफर गरेका थिए । तर, बेनिशाले यस्तो भूमिकामा आफुले काम नगर्ने बताएपछि निर्देशक देउजाले उनलाई वकिलको भूमिका दिएका हुन्।

नायिका बेनिशाले भनिन्–‘मलाई अब टिनएजरको भूमिका सुहाउँदैन । मैले यो उमेर पार गरिसकेको छु । यो उमेरमा आएर मैले टिनएजरको भूमिका गरेभने दर्शकले मलाई रुचाउदैनन्। त्यसैले मैले वकिलको भूमिका निर्वाह गरेकी हुँ।’

साथै, उनले वकिलको भूमिका आफूलाई मन परेर नै यो चलचित्रमा जोडीएको बताइन् । मलाई वकिलको भूमिकामा दर्शकले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ। उनले भनिन्,

हालै मात्र हिन्दी चलचित्रको छायांकन सकेर नेपाल फर्किएकी उनले, नेपाली र हिन्दी चलचित्र छायांकनका क्रममा आफूले धेरै नै भिन्नता पाएको पनि उल्लेख गरिन्।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *