बिबेक जंग कार्की र आयुशा कार्कीको अभिनय रहेको ‘के भो के भो’ गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार अम्बिका गुरुङद्वारा शब्द रचना गरिएको मायाप्रेमको सद्भभाब रहेको गित समिप इन्टरटेन्मेन्टबाट गत सोमबार सार्वजनिक गरिएको हो।
अम्बिका गुरुङको शब्द, मेलिना राई र सबिन आङ्बो लिम्बुको स्वर समावेश गरिएको गीतमा संगीत रमेश श्रेष्ठ ‘मेलोडी’ को म्युजिक अनि सन्दिप कार्कीको एरेन्ज रहेको छ ।
बिशाल थापाको क्यामेरा ,नकुल खड्काको सम्पादन ,मेकअपमा स्वोस्तिका श्रेष्ठको रहेको भिडियोमा सहायक निर्देशन सुनिल बुडाथोकीको रहेको छ भने ड्रोनमा अबिनाश मानन्धर रहेको गितको भिडियोलाई अहिलेका चर्चित निर्देशक दिलिप समनले निर्देसन गरेका हुन्।