‘उपहार’को प्रचारमा चुकेकी बेनिशा

२२ फागुन २०८० ६:१३

नायिका बेनिशा हमाल अभिनित पछिल्लो चलचित्र ‘उपहार’ हो। यो चलचित्र यही शुक्रबार अर्थात फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। अब चलचित्र रिलिज हुन मात्र ३ दिन बाँकी छ। तर, यो चलचित्रका कलाकारभने सबै आ-आफ्नै काममा व्यस्त छन्।

चलचित्रको ट्रेलर रिलिज कार्यक्रम पनि निर्माणपक्षले कलाकार नभएकाले गर्न सकेन । यसपछि, प्रचारमा चलचित्रका नायक मुकुन भुषाल, कलाकार शिशिर राणा र निर्देशक ज्ञानेन्द्र देउजा नै दौडिएका थिए । तर, चलचित्र ‘दान्भी’को छायांकन सकेर भारतबाट फर्किएपछि भने पूजाले कमाण्ड सम्हालिनन् । उनी, चलचित्रको प्रचारमा दिनरात नभनी दौडिएकी छिन् ।

चलचित्रको प्रचारमा पूजा दौडिरहँदा बेनिशा भने भारतमा एक हिन्दी चलचित्रको छायांकनमा व्यस्त थिइन् । भारतबाट फर्किएपछि भने बेनिशा एक्लै प्रचारमा छिन् । पूजाले भने चलचित्रको प्रचारमा ब्रेक लगाएकी छिन् ।

बेनिशा हमाललाई चलचित्र रिलिज हुनु भन्दा केही दिन अगाडि मात्र फुर्सद भएको छ । दर्शक र मिडियाकर्मीले खोजिरहेको समयमा बेनिशाको दौडधुप भारतमा थियो । भारतमा दैनिक रुपमा चलचित्र छायांकनको तस्वीर शेयर गर्न उनी व्यस्त देखिएकी थिइन् ।

जेहोस्, बेनिशालाई ढिलै भएपनि चलचित्रको याद आएछ । तर, चलचित्र प्रचारमा बेनिशा दौडिदा व्यापारमा भने केही फाइदा पक्कै होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *