हास्यकलाकार जीतु नेपालले सञ्चालन र निर्देशन गर्दै आएको तेस्रो सिजनको ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द हुने भएको छ । मुन्द्रेले आजदेखी यो कार्यक्रमा बन्द भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।
फेसबुकमा एक स्टाटस पोस्ट गर्दै उनले लेखेका छन्,अन्तत : आजबाट बिदा मागीयो आज अन्तीम भाग। ३ सिजन गरेर १८४ भाग गरीएछ। सबै प्रती आभारी छु। भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासी बन्द गर्न पर्ने केही कारण चॅाही भनेको छैन अहीले पनि भनिन समय आएपछि भनौला ।’
३ सिजन गरेर १८४ भाग प्रशारण गरेको यो शोमा अध्यक्ष पनि तीन सिजनमै फेरिएका थिए । पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्कीले शोको अध्यक्षता ग्रहण गरेका थिए ।
‘कमेडी नाइट्स विथ कपिल’ शोको शैलीमा तयार पारिएको ‘मुन्द्रेको कमेडी क्लब’बाट प्रशारण भएका भागहरु कुनै चर्चामा रहे भने अधिकांशले दर्शकको ध्यान खिच्न सकेनन् । विशेषगरि, शोमा प्रस्तुत हुने विषयवस्तुले कमेडीको प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्न सकेनन् ।