एलिना र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै चर्काचर्की – के थियो कारण ?

२२ फागुन २०८० ४:२३

गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै चर्काचर्की भएको छ । सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहानको साउण सिस्टमको कुरालाई लिएर लाइभमै दोहोरो भनाभन परेको हो। पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा स्टेजम लाइभमै भनाभन भएको थियो। जुन, भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ।

उक्त भाईरल भिडियोमा एलिनाले साउण्ड मिलाइदिन आग्रह गर्दा प्राविधिकले ‘भोकललाई क्लिएर गरेर हामीसँग लेबल माग्नु’ भनेका छन् । यसपछि, एलिनाले जवाफ फकाउँदै भनेकी छिन्–‘पहिला तपाइको त्यो बोल्ने ढंग सुधार गर्नु है बुझ्नुभयो ? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाइले मलाई सिकाउनु पर्दैन । बुझ्नु भयो । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन । लाज लाग्दैन यस्ता बोल्नलाई ।’

एलिनासँग भनाभन गर्दा प्राविधिकले भनेका छन्–‘तपाइले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ एलिनाले प्राविधिकबाट रुख बोली आएपछि आयोजकसँग पनि चर्को स्वर गरेकी छिन् ।

त्यसपछी गायिका एलिना सो स्टेज बाट आफ्नो सांगीतिक प्रस्तुति नदिइकन बाहिरिएको कार्यक्रम संचालकले जानकारी गराएका थिए । सार्वजनिक उक्त भिडियोमा दर्शकहरुले होहल्ला गर्दै गायिका एलिनाकै पक्षमा हुटिङ गरेको देख्न सकिन्छ।

साथै, उनले आफ्नो आवाज सुख्खा भएकाले गाउन समस्या भएको बताएकी छन् । स्टेजमा मोनिटर पनि नराखिएको र जबर्जस्ती गाउनुपरेको उनको गुनासो छ । त्यो भनाभनपछि गाउने अवस्था नभएकाले आफू त्यहाँबाट हिँडेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *