‘शैतान’मा अजय देवगनको पारिश्रमिक कति ?

२२ फागुन २०८० ३:५६

बलिउड अभिनेता अजय देवगन यतिबेला आफ्नो आगामी चलचित्र ‘शैतान’लाई लिएर चर्मामा छन्। मार्च ८ मा सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रको लागि अभिनेता अजय देवगनले कती पारिश्रमिक लिएका थिए ? भन्ने चासो हामीसबैमा छ। आउनुहोस् हामी बताउने छौं ।

चलचित्र ‘शैतान’को लागि अभिनेता अजयले निकै ठुलो पारिश्रमिक लिएका छन्। भारतीय सञ्चारमाध्यका अनुसार अजयले यो चलचित्रको लागि २५ करोड भारु लिएका हुन्। चलचित्रमा अजय मुख्य भूमिकामा छन्। केही समय अगाडि सार्वजनिक गरिएको चलचित्रको ट्रेलर निकै आकर्षक छ। चलचित्रको ट्रेलरमा आर माधवन निकै डरलाग्दो देखिएका छन् । माधवनले यो चलचित्रको लागि १० करोड पारिश्रमिक लिदा अजयले २५ करोड भारु लिएका हुन्।

साउथ अभिनेत्री ज्योतिकाले चलचित्र शैतानका लागि ५ करोड भारु पारिश्रमिक लिइएकी हुन् । यो चलचित्रमा जानकी बोडिवालाले अजय देवगनकी छोरीको भूमिका निभाएकी छिन् । जानकीमा मात्रै कालो जादू हुन्छ । जानकीले यो चलचित्रका लागि २–३ करोड भारु लिएकी छिन् ।

कालो जादूमा निर्माण गरिएको यो चलचित्रमा आर माधवन तान्त्रिकको भूमिकामा छन् । थ्रिलर र हररले भरिपूर्ण चलचित्रको ट्रेलर सार्वजनिक भएपछी यो चलचित्र अजय देवगनको फ्यानहरुको लागि थप प्रतिक्षित बनेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *