पोखराबाट ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ सुरु

२१ फागुन २०८० १४:२१

आगामी चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ पोखराबाट सुरु गरिएको छ। चलचित्र टिमले कमेडी च्याम्पियनको टोलीसँग सहकार्य गर्दै अभिनेता हरिवंश आचार्यसहितको टोलीले पोखरादेखि ‘महाकमेडी यात्रा’ सुरु गरेको हो।

निर्देशक प्रदीप भट्टराईको निर्देशन रहेको यो चलचित्रको पहिलो दिनको ‘महाकमेडी यात्रा’ पोखराको सभागृहमा कार्यक्रम आयोजना गरिएको हो । यो यात्रामा भट्टराईसहित निर्माता म्याक्स दीपेश खत्री, कलाकार हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ र वर्षा राउतको टोली छन् ।

दुई चरणमा हुने ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ २२ गते बुटवल र २५ गते धनगढीमा हुनेछ । दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई चैत्र १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुतीका साथ हुनेछ।

‘महाकमेडी यात्रा’मा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *