पूजाका लागि अहिलेसम्मकै फरक भूमिका हो ‘उपहार’

२१ फागुन २०८० ८:४७

आगामी शुक्रबार सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘उपहार’मा नायिका पूजा शर्माले आफ्नो भूमिका अहिलेसम्मकै फरक रहेको बताएकी छिन्। चलचित्रमा ‘पूजा’ चरित्रमा अभिनय गरेकी उनले गाउँबाट शहर झरेकी युवतीको भूमिकामा छिन्।

उनले निर्वाह गरेको चरित्र अन्य चलचित्रमा भन्दा फरक रहेको बताउँदै भन्छिन्,’म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । अहिलेका टिनएजमा भइरहेको घटनालाई मेरो पात्रमार्फत देखाइएको छ ।’

नाउिका शर्माले अगाडी भनिन्–‘अहिलेको युवापुस्तामा जसरी पनि पैसा कमाउनुपर्छ भन्ने सोच छ । चलचित्रमा पूजा पात्रले गलत काम गरिरहेको हुन्छे । तर, उसलाई गलत काम गर्नु हुँदैन भन्ने सोच पनि पलाउँछ ।’

यो पात्रका लागि निर्देशक देउजाले अरु नायिकाहरूलाई पनि अफर गरेका थिए । तर, अधिकांशले यो भूमिका निर्वाह गर्न नचाहेपछि पूजाले नै स्विकार गरेकी थिइन् । अहिले, ट्रेलर सार्वजनिक भएपछि पूजाको संवादको चर्चा भइरहेको छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा मित्र डी गुरुङको सम्पादन,अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रमा सुलक्षण भारतीको कथा छ।

चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विष्णु कल्पितको छायांकन रहेको छ। सुलभ प्रतिक र समीक्षा देउजाको निर्माणमा तयार भएको चलचित्रका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *