जे आउछ मज्जाले पचाउँछु – दुर्गेश थापा

२१ फागुन २०८० ८:२९

नेपाली संगीत क्षेत्रमा स्क्यान्डल किङको उपमा पाएका गायक हुन् दुर्गेश थापा । गायक थापामाथी एकपछि अर्को विवाद आइरहँदा अब त यस्तो लाग्छ कि उनी विवादमा नै मज्जा लिन थालिसके । विभिन्न कारणले विवादमा आइरहने थापालाई अब त यस्ता विवादहरु सामान्य जस्तै लाग्न थालेको छ। जस्तोसुकै कुरालाई पनि सजिलै पचाउन सक्ने क्षमता उनिमा छ।

हालैमात्र कार्यक्रमको सिलसिलामा अष्ट्रेलिया पुगेका गायक थापाले पत्रकार समेलनमा ‘जे आएपनी मज्जाले पचाइदिने’ बताएका छन्। यही ९ मार्चमा सिड्नीको ग्र्यानभिल टाउन हलमा हुने कार्यक्रमबारे जानकारी दिन सिड्नीमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार समेलनमा मिडियाकर्मीहरुले गायक थापामाथि विवादित भइरहनुको कारण के हो भनेर प्रश्न गरेका थिए ।

पत्रकारको प्रश्नको जवाफ फर्काउदै गायक थापाले भने,‘म बजारमा चलेका कुरा माथि गीत बनाउँछु, तर त्यो कुरा कहिलेकाहीं समाज बिथोल्ने र समाजले पचाउन नसक्ने हुँदा नै हो म विवादमा पर्ने गरेको । तर जानी जानी विवादमा परेको भने होइन, अञ्जानमा म विवादमा आइरहेको हुन्छु । तर, मेरो जीवनमा जे आउँछ मज्जाले पचाउछु। दर्शकको ताली र गाली दुबै मलाई स्वीकार्य छ, आफ्नो क्षेत्रबाट गुमनाम हुँदिनँ ।’

दुर्गेशले आगामी दिनहरुमा पनि दर्शकको चाहना अनुरुप नै गीत – संगीत बनाउने बताए। उनले भने म दर्शकको लागि जन्मिएको हो। दर्शक भनेको मेरो भगवान् हुन्। मलाई यहाँसम्म मेरो दर्शकले नै पुर्‍याउनुभएको हो। त्यसैले मलाई दर्शकको ताली मात्र नभएर गाली पनि मन्जुर छ।

साथै, उनले आफुमाथि भएका र घटेका विभिन्न घटनाहरुको स्मरण गर्दै भन्छन्,-मलाई दर्शको माया मात्र भएर पुग्दैन। मायासङै अलिकती गाली, अलिकती रिस र बेलाबेला यि र यस्ता खालका स्क्यान्डलहरुको पनि आवश्यक छ। जसले गर्दा मलाई अगाडी बढ्न थप प्रेणा मिल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *