‘केटी हराएको सूचना’ निर्माण हुने – नाजिरको जोडी सृष्टी

२१ फागुन २०८० ७:१४

निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा ‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ। सोमबार स्क्रिप्ट पूजा गर्दै निर्माणपक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो। चलचित्रको मुख्य भूमिकामा नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ छन्।

बिहिबारदेखि काठमाडौं र जनकपुरमा छायाँकन गरिने यो चलचित्र मार्फत नाजिर र सृष्टिले पहिलो सहकार्य गर्दैछन्। चलचित्रमा नकिम उद्दिमको लगानी छ।

ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो चलचित्रका नायक नाजिर हुसेनको ‘अगस्त्य’ हलमा रिलिज भइरहेको छ । यस्तै, सृष्टिले चलचित्र ‘११ः५५’को छायांकन केही साता अगाडि सकाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *