साम्राज्ञी र धीरजको ‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मले वितरण गर्ने

२० फागुन २०८० ५:१६

निर्देशक अनिल योञ्जनको निर्देशनमा तयार हुने चलचित्र ‘रुमानी रङ्ग’को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्म प्रा.लिले लिएको छ। शनिबार चलचित्रले यी कम्पनीसँग सम्झौता गरेको हो। सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछभने कुँवर सिने प्रालिले मोफसल वितरण गर्नेछ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिसँग आविष्कार बाहु संचार प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहनेछ।

निर्देशक योञ्जनले यो चलचित्रले प्रेमलाई कमेडीको लयमा निर्माण गर्नेछन्। उनका अनुसार, चलचित्रले दुई परिवारको कथालाई प्रस्तुत गर्नेछ । भने, यो चलचित्रमा साम्राज्ञी शाह परिवारको छोरीको भूमिकामा देखिदैछिन् भने धिरज मगर परिवारको छोराको भूमिकामा देखिदैछन् ।

रोमान्टिक कमेडी कथामा निर्माण हुने यो चलचित्रको सम्पूर्ण छांयाकन अष्ट्रेलियामा हुनेछ। चलचित्रमा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ । जीएम ठकुरीको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रमा अनिलकै पटकथा तथा संवाद रहनेछ । कार्यकारी निर्माता ठकुरीको कथा रहेको चलचित्रमा महेश पौडेलको छायांकन रहनेछ।

चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ । आउँदो बर्षको वैशाख महिनाबाट यो चलचित्रको छायांकन सुरु गर्ने निर्माणपक्षको भनाई छ ।

दर्शकको सर्वाधिक डिमाण्डमा रहेका धिरज र साम्राज्ञीको जोडी धेरैसमयपछि फेरी एकपटक पर्दामा दोहोरिने भएका हुन्। साम्राज्ञी र धिरजले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए । निर्देशक अनिल योञ्जनको यो दोश्रो निर्देशन हो । यसअगाडी अनिलले निर्देशन गरेको चलचित्र ‘डायरी’ हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *