निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’ सेन्सर पास भएको छ। शनिवार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट चलचित्रले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो । यो सर्टिफिकेट पाएपछि अब सबै उमेर समूहका दर्शकले यो चलचित्र हेर्न पाउनेछन्।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा मित्र डी गुरुङको सम्पादन,अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रमा सुलक्षण भारतीको कथा छ।
चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विष्णु कल्पितको छायांकन रहेको छ। सुलभ प्रतिक र समीक्षा देउजाको निर्माणमा तयार भएको चलचित्रका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।
यही फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय छ ।
चलचित्रलाई उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।