‘रङ्गेली’को ‘घामले ताराले’मा रोमान्टिक दयाहाङ र मिरुना

२० फागुन २०८० ४:१७

नामका कारण विवादमा तानिएको चलचित्र ‘रङ्गेली’को ‘घामले ताराले’ बोलको गीत सार्वजनिक गरिएको छ। चलचित्रको नामक कारण विवाद चलिरहदा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य २ कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्। चलचित्र निर्माणपक्षले एकातिर, विवाद मिलाउन लागिपरेको छ भने अर्कोतिर चलचित्रको प्रचारलाई पनि तिव्रता दिइरहेको छ । गीतमा दयाहाङ र मिरुनालाई रोमान्टिक देखिएको छ। गीतमा निशान भट्टराई र अनु चौधरीको स्वर, हर्क साउदको शब्द तथा सुशान्त गौतमको संगीत छ ।

फागुनको २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रलाई निर्देशक अर्जुन सुवेदी निर्देशन गरेका हुन्।

चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।

दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर