बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् : समीक्षा अधिकारी

१९ फागुन २०८० ११:५५

चितवनको एक होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्ररकणलाई लिएर यतिबेला चर्को विरोध भैइरहेको छ। सामाजिक सञ्जालमार्फत धेरैले यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुने भन्दै बलात्कारी पछि हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याउन माग गरिरहेका छन्।

शालिन पोखरेलको न्यायको लागि सबैले माग गरिरहेको बेला गायिका समीक्षा अधिकारीले पनि सरकारसँग जोडदार माग गर्दै गायिका अधिकारीले बलात्कारीहरू फाँसीको लायक भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्। पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *