प्रेमी अरविन्द्र कटवालसँग नन्दिताको बिहे (तस्वीरहरु)

१९ फागुन २०८० ११:२९

केही दिनअघि क्यानडामा इन्गेजमेन्ट गरेकी नायिका नन्दिता केसी बैबाहिक जीवनमा प्रवेश गरेकी छिन्। उनले प्रेमी अरविन्द्र कटवालसँग केही आफन्त र साथीभाइलाई साक्षी राख्दै लगनगाँठो कसेकी हुन् ।

मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । उनको परिवार भने काठमाडौँमा छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । यी दुईले मागी विवाह गरेका हुन् ।

नन्दिता पनि लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । विवाहका लागि दुवै केही दिन अगाडि काठमाडौँ आएका हुन् । नन्दिताले करिब ३ दर्जन चलचित्रमा अभिनय गरेकी छिन्। उनको पहिलो डेब्यु चलचित्र ‘इन्द्रेणी’हो।

तस्वीर :  टउवा इभेन्टस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर