हेम्जाकोटमा सकियो ‘ईश्वर’को सम्पूर्ण छायाँकन

१९ फागुन २०८० ११:०५

निर्देशक राजु गिरीको निर्देशन रहेको चलचित्र ‘ईश्वर’ को सम्पूर्ण छायाँकन २७ दिनमा सकिएको छ । शनिवार चलचित्रको केही पोस्टर फेसबुक मार्फत सार्वजनिक गर्दै चलचित्रको सम्पूर्ण छायाँकन सकिएको निर्माणपक्षले जनाएको हो। चलचित्रको सम्पूर्ण छायाँकन पोखरा र हेम्जाकोटमा गरिएको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रेहेको यो चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रको मुख्य भूमिकामा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रबिन्द्र झा, बुद्धि लामा, शिशिर बाङ्देल, सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *