अभिनेता दीपकराज गिरी : ‘रंगेली’ चाहिं किन सेन्सरमा परेछ ?

१९ फागुन २०८० ५:२९

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको ‘रङ्गेली’लाई चलचित्र जाँच पास समितिले चलचित्रको नाममा आपत्ति जनाउँदै रोकेपछि अहिले सिङ्गो चलचित्र क्षेत्र नै तात्तिएको छ। नाममा आपत्ति जनाएर चलचित्र रोक्ने बोर्डको कदमलाई लिएर आक्रोशित भएका चलचित्रकर्मी मध्य चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरी पनि हुन्।

अभिनेता दीपकराज गिरीले सेन्सर बोर्डलाई ‘सेन्सलेस सेन्सर बोर्ड’को संज्ञा दिएका छन् । कुनै ठाउँको आधारमा बनेका भारतीय चलचित्रले प्रदर्शनको अनुमति पाएको उदाहरण दिंदै फेसबुक मार्फत उनी लेख्छन्,- ‘कश्मीर फाइल्स ! उडता पञ्जाब !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त यो ‘रंगेली’ चाहिं किन सेन्सरमा परेछ ? सेन्सलेस सेन्सर बोर्ड !!’

मोरङको रंगेली नगरपालिकाको नाममा आधारित रहेर निर्माण गरिएको यो चलचित्रलाई सेन्सर बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेपछि बोर्डको चर्को विरोध भएको हो।

चलचित्रमा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको चलचित्रको संसार चौलागाई र रमेश भट्टराई निर्माता हुन् । युवक कार्की र शिव शंकर चौलागाई सह–निर्माता रहेको चलचित्रमा विवेक खड्का एसोसियट निर्माताको रुपमा छन्।

दया र मिरुनाको अलावा चलचित्रमा अर्पण थापाको मुख्य भूमिका छ । चलचित्रमा प्रवीण खतिवडा, रमेश वुढाथोकीको पनि अभिनय छ । चलचित्र यही फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *