गायिका रानी शाक्य र गायक नारायण बाबुको ‘शिव शिव’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। महाशिवरात्री पर्व नजिकिदै जाँदा शिवरात्रीलाई लक्षित गर्दै ‘शिव शिव’बोलको गीत सार्वजनिक गरिएको हो।
नारायण बाबुकै शब्द तथा संगीत रहेको गीतमा शिव भगवान्को महिमा गाइएको छ । गीतको भिडियोमा मोडल विना राउत र इश्वर बल्लभ उप्रेती फिचर्ड छन् ।
भिडियोमा विना र इश्वरले शिव लिङ्गको अगाडि उभिएर पूजा गरेका छन् । भिडियोमा शिव प्रतिको भक्तिभाव प्रष्ट झल्किएको छ ।
जीवन शाहीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, सन्तोष राजबहाकको कोरियोग्राफी छ ।