फ्राइडे रिलिज : देशभर ‘अगस्त्य’

१८ फागुन २०८० ५:५१

शुक्रबार बाट नेपालसँगै विश्वभर एकसाथ चलचित्र ‘अगस्त्य’ प्रदर्शनमा आएको छ। चलचित्रले फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको थियो भने चलचित्रको टिजर र ट्रेलरपछि उच्च हाइप पाएको यो चलचित्र देशभरका १ सय ११ हलमा रिलिजमा आएको हो । आम दर्शक, चलचित्रकर्मि र प्रदर्शकले समेत आशा गरेको यो चलचित्रले बिहानीका केही शोजमा राम्रो सुरुवात गरेको निर्माणपक्षले बताएको छ ।

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको बिहिबार बेलुकी ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर गरिएको थियो । प्रिमियरमा कलाकार, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका थिए ।

२ घन्टा ५० मिनेट लामो यो चलचित्र हेरेपछि अधिकांशले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरे । नेपाली चलचित्र क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ चलचित्र ‘अगस्त्य’ निर्माण भएको उनीहरुको भनाई थियो।

चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको छ। चलचित्रमा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ ।

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *