नायिका नन्दिता केसीको मेहेन्दी लुक्स

१८ फागुन २०८० ५:३४

केही दिनअघि क्यानडामा इन्गेजमेन्ट गरेकी नायिका नन्दिता केसी बैबाहिक जीवनमा बाँधिँदै छिन् । शनिबार बिहे गर्न लागेकी उनको बिहेको रमझम बिहिबारबाट नै सुरु भएको छ । प्रेमी अरविन्द्र कटवालसँग मागी बिहे गर्न लागेकी नन्दिता बिहिबार आयोजित मेहेन्दी सेरोमोनीमा निकै खुशी देखिइन् ।

नन्दिताले अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका मुटुरोग विशेषज्ञ समेत रहेका टवालसँग बिहे गर्न लागेकी हुन् । उनीहरुको बिहेमा सीमित चलचित्रकर्मि मात्र बोलाइएको छ । मेहेन्दी सेरोमोनीमा नायिका स्वेता खड्का, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई लगायत पुगेका थिए ।

मेहेन्दी सेरोमोनीमा नन्दिता र अरविन्द्र एक अर्कासँग रोमान्टिक देखिए । नन्दितालाई फूल दिँदै अरविन्द्रले माया साटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *