संजय किशोर श्रेष्ठको ‘तिमि जस्तै’

१८ फागुन २०८० ५:१५

‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका पृथक स्वरका धनि गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौँ जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको बताए ।

उनले सार्वजनिक गरेको गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् । उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो ।

कार्यक्रममा गायक बबिन प्रधान, कविन्द्र श्रेष्ठ, डिजाइनर अनिल स्थापित, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गायक श्रेष्ठको गायन यात्राको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए । सार्वजनिक भिडियोमा जेसिका प्रधानको रङ्ग संयोजन र सम्पादन, जेम्स प्रधानको शब्द र सङ्गीत, श्याम तामाङले छायाङ्कन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *