लक्ष्मण सुवेदीको ‘सतीदेवी’लाई मन्त्री शर्माको सहयोग

१७ फागुन २०८० ९:१२

नेपाल सरकारका प्रवक्ता तथा संचार मन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’का लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीलाई भेटेकी छिन्। मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।

नेपाली चलचित्रको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने राय शर्माको रहेको थियो । मन्त्री शर्माले चलचित्र ‘सतीदेवी’ नारी प्रदान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई चलचित्रप्रती रुचि राखेको जनाइन् ।

निर्देशक सुवेदीले भने–‘हाम्रो चलचित्रप्रती चासो, अभिरुचि दिनुभएको छ । चलचित्रले मौलिक, यथार्थपरक विषयवस्तु उठान गरेकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चलचित्रलाई हामीले जुन उद्देश्य लिएर बनाएका थियौं, त्यसमा सरकारको पनि साथ पाउँदा खुशी लागेको छ ।’मन्त्री शर्माले आफू सधैँ नेपाली चलचित्रको गुणस्तरीय र व्यावसायिक विकासको पक्षमा रहेको जोड दिँदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागि परेको बताइन् ।

विदेश रिलिजको तयारी गरिएको यो चलचित्र चाँडै नै नेपालमा पनि रिलिज गर्ने योजनामा आफू रहेको निर्देशक सुवेदी बताउछन्।

गाउँ समाजको अर्गानिक विषयलाई उठान गरेको यो चलचित्रमा नायिका मलिका महत केन्द्रीय भूमिकामा छिन् । बुधबार आयोजित स्पेशल शो हेर्ने अधिकांश पत्रकार र चलचित्रकर्मीले मलिकाको कामको प्रशंसा गरेका थिए । यस्तै, चलचित्रले उठान गरेको विषयवस्तु बलियो भएको उनीहरुको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *