मोडल उषा उप्रेतीको ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानी एक कार्यक्रमको आयोजना गर्दै डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको हो। सुरेश पाण्डेयले निर्देशन गरेको यस भिडियोमा उषा उप्रेती अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्।
राजु कोइरालाको शब्द रचना रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर सुन्न सकिन्छ । शुक्र तामाङको निर्माण रहेको भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक पाण्डेयकै छ ।
भिडियोमा प्रिया नगरकोटीको मेकअप तथा हेयर, हिमाल श्रेष्ठको क्यामरा एसिस्ट, सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कलर र पोस्टर, जटा शंकरको आर्ट र कमल परियारको कोरियोग्राफी एसिस्ट छ । गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ ।