‘उपहार’को तेश्रो गीत ‘कहिले बार बिर्सिन्छु’ – भिडियो

१७ फागुन २०८० ७:२८

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’को तेश्रो गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ। बिहीवार ओेएस आरको अफिसियल युटुबचानल मार्फत सार्वजनिक गरिएको गीतमा चलचित्रका मुख्य कलाकार रेखा पूजा र बेनिसा प्रस्तुत छन्।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा मित्र डी गुरुङको सम्पादन,अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रमा सुलक्षण भारतीको कथा छ।

चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विष्णु कल्पितको छायांकन रहेको छ। सुलभ प्रतिक र समीक्षा देउजाको निर्माणमा तयार भएको चलचित्रका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।

चलचित्रमा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चलचित्र यही फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। चलचित्रको यसअगाडि सार्वजनिक गरिएको पहिलो वा वा बोलको गीत चर्चामा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *