‘एक्टर’मा प्रदीप सँग दिव्याले रोमान्स गर्ने

१७ फागुन २०८० ७:११

राजन भुसालको निर्देशन रहने नयाँ चलचित्र ‘एक्टर’मा नायक प्रदीप खड्का सँग नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले रोमान्स गर्ने भएकी छिन् । यसअघि चलचित्र ‘बरिष्ठ बलराम’ साइन गरेकी दिव्याले अब दोस्रो चलचित्रमा पनि काम गर्ने पक्का भएको हो । चलचित्रमा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ ।

दिव्या अमेरिकामा रहेकाले उनका पिता दिलिप रायमाझी र आमा मञ्जु रायमाझीले चलचित्रका निर्माता थम्मन कुमार भण्डारीसँग कागजी संझौता गरेका छन् । दिव्याले भने अमेरिकाबाट भिडियो कलमा कुरा गरेको गरेकी हुन् ।

चलचित्रको कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो चलचित्रमा काम गर्न राजी भएको वुझिएको छ । दिव्या अब यही चलचित्रका लागि केही सातापछि नेपाल आउँदैछिन् ।

चलचित्रमा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् । यो चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिजल गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्दैछन् ।

हाल चलचित्र ‘पुजार सार्की’को छायांकनमा व्यस्त रहेका नायक खड्काले यसको छायांकनपछि ‘एक्टर’को काम सुरु गर्नेछन् । चलचित्रको छायांकन वैशाखबाट सुरु गर्ने तयारीमा निर्माणपक्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *