‘अगस्त्य’ले पायो ‘पीजि’ सर्टिफिकेट

१७ फागुन २०८० ६:३०

यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १’ केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट पाएको छ। बुधबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजि’ सर्टिफिकेट प्राप्त गरेको यो चलचित्र १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने छ।

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘अगस्त्य च्याप्टर १’ फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाइसकेको छ। चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ ।

प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको चलचित्रमा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ ।

यहि फागुन १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *