‘उपहार’ सबै बर्गका दर्शकले हेर्ने चलचित्र हो – निर्देशक देउजा

१७ फागुन २०८० ५:५५

निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘उपहार’ यही फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। चलचित्र प्रदर्शन मिती नजिकिएसँगै चलचित्रका निर्देशक देउजाले दर्शकको ध्यान खिच्ने प्रयास गरेका छन्। उनले चलचित्र ‘उपहार’ सबै बर्गका दर्शकका लागि निर्माण गरिएको बताएका छन्।

देउजाले आफूमाथि विश्वास गर्न दर्शकलाई आग्रह समेत गरेका छन् । उनले भने–‘मैले पटक पटक भन्दै आएको कुरा पनि यही हो कि, चलचित्र दर्शकलाई खुशी बनाउन तयार गर्ने हो । यो चलचित्रले पनि दर्शकलाई खुशी बनाउँछ । मेरो कलाकार र प्राविधिकहरूको टिमले निकै मिहिनेत गर्नु भएको छ ।’

उनले दर्शकलाई मन पर्ने विषयवस्तुलाई यो चलचित्रमा समावेश गरेको बताउदै भने–‘ मैले ठूलो वर्गलाई मन पराउने गरि चलचित्र बनाएको छु । मेरो विषयवस्तुले दर्शकको मन छुन्छ । मैले यो कुरा कायम गर्नका लागि भरपूर मिहिनेत गरेको छु ।’

रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा मित्र डी गुरुङको सम्पादन,अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रमा सुलक्षण भारतीको कथा छ।

चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विष्णु कल्पितको छायांकन रहेको छ। सुलभ प्रतिक र समीक्षा देउजाको निर्माणमा तयार भएको चलचित्रका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।

चलचित्रमा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *