आकाश र करुणाको ‘बर्बादी’ – सार्वजनिक

१७ फागुन २०८० ५:२८

अभिनेता आकाश श्रेष्ठ र करुणा श्रेष्ठ अभिनित नयाँ गीत ‘बर्बादी’को भिडियो सार्वजनिक भएको छ। गायिका मेनुका पौडेलको स्वरमा सजिएको गीतको भिडियो क्षितिज सापकोटा नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा दिपेन्द्रराज गिरी र निर्मल भण्डारीलाई देख्न सकिन्छ।

क्षितिज सापकोटाको शब्द रहेको गीतमा सिडी विजय अधिकारीको स्वर तथा संगीत समावेश छ। संगीत संयोजन पुस्कर क्षेत्रीले गरेका हुन्। निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडियोलाई पुनम श्रेष्ठले कोरियोग्राफी गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर