‘महाजात्रा’ नेपाल र विदेशमा एकसाथ रिलिज हुँदै

१७ फागुन २०८० ४:३९

आगामी चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’स्वदेशसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ। एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा नेपालकै डेटमा रिलिज गर्न लागिएको हो।

विभिन्न मुलुक र क्षेत्रमा स्थानीय वितरकलाई जिम्मा दिएको एमएसएम इन्टरटेनमेन्टले अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडोलाई जिम्मा दिएको छ। त्यस्तै, यो चलचित्रलाई मध्यपूर्वमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिष्ट्रिब्युसन, युरोपमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, दक्षिण कोरियामा विशाल आवाज मल्टिमिडिया, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले रिलिज गर्न लागेको हो।

निर्देशक प्रदीप भट्टराई लिखित तथा निर्देशित यो चलचित्रले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गर्छ।

म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रमा जितबहादुर रूवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन्।

षट्कोण आर्ट्सको व्यानरमा निर्माण गरिएको चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात निर्माण टिमले ‘महाजात्रा’ निर्माण गरेको हो। यो चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन्।

चलचित्रमा अभिनेता हरिवंश आचार्य सँगै विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झावर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *