दिक्पाल कार्की र जिशु फिचरिङ ‘सल्लेरी पाखाहरू’

१६ फागुन २०८० ११:३१

पिटर गुरुङको निर्देशन र सुरेन गौतमको स्वर रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ। विशाल पौडेलको संगीत, प्रदीप जोशीको मिक्सिङरमाष्टरिङ र सुरेनकै शब्द रहेको गीतको भिडियो बुधवार सार्वजनिक गरिएको हो।

दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको गीतको भिडियो सुन्दर छ। दिपेन खड्काको छायांकन रहेको भिडियोमा विष्णुहरि तिमिल्सिनाको सम्पादन छ। गीतको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *