‘अगस्त्य’को टिकट बुकिङ खुल्ला – देशभरका हलमा २ सय ५० बढी शोज

१६ फागुन २०८० १०:३९

यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य’को ओपनिङ सुखद देखिएको छ। चलचित्रलाई देशभरका सिंगल तथा मल्टिप्लेक्सहरुले उच्च शोज दिएका छन् । जसकाकारण, यो चलचित्रले सुखद ओपनिङ गर्ने अवसर समेत प्राप्त गरेको हो ।

चलचित्रले फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको थियो भने चलचित्रको टिजर र ट्रेलरपछि अझै दर्शकहरुको भरोसा उच्च देखिएको छ। त्यसैले पनि यो चलचित्र हेर्नका लागि दर्शकहरुमा व्यग्र प्रतीक्षा छ । यस्तो अवस्थामा, चलचित्रले पाएको शोजमा दर्शकको उच्च अकुपेन्सी भएको खण्डमा निर्मातालाई लगानी चाँडै नै उठाउन सहज हुनेछ ।

देशभरका हलमा २ सय ५९ शोज पाएको चलचित्रलाई क्यूएफएक्स चेनले उपत्यकाभित्र १५ र उपत्यका बाहिर २९ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज्ले दुई चेन गरेर ८ शोज, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शोज, बीएसआरले ४ शोज, आइएनआईका सबै चेनमा १२ शो उपलब्ध गराइएको छ । शोको अनुपात हेर्दा देशभरका १ सय ११ हलले २ सय ५९ शोज उपलब्ध गराएका छन् ।

निर्देशक निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको छ। चलचित्रमा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ ।

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *