वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको श्रद्धाञ्जली कार्यक्रममा संगीतकार चेतन सापकोटाद्वारा दुव्र्यवहार भएको छ। उक्त श्रद्धाञ्जली कार्यक्रममा सापकोटाले फोटो पत्रकारलाई दुव्र्यवहार गरेको भन्दै पिजे क्लबले आपत्ति जनाएको हो।
पिजे क्लबका महासचिव प्रकाशचन्द्र तिमल्सिनाले बुधवार एक विज्ञप्ति जारी गर्दै संस्थाका सदस्य तथा गोरखापत्र दैनिकका फोटो पत्रकार सुजन गुरुङलाई गलहत्याएका थिए।
त्यतिमात्र होइन संगीतकार सापकोटाले गुरुङलाई ‘यो कार्यक्रमको छायांकन गर्नु पर्दैन’ भनेर दुव्र्यवहार समेत गरेका थिए।
सार्वजनिक विज्ञप्तिमा उल्लेख छ – उक्त घटनाले प्रेस स्वतन्त्रता र सूचना संकलन गर्न पाउने पत्रकारको संवैधानिक मौलिक हकमाथि हस्तक्षेप गर्न खोजिएको क्लबको ठहर छ । आम सरोकारको विषयमा समाचार तथा फोटो संकलनमा वाधा पुर्याउन खोज्नु कुनै पनि अवस्थामा स्वीकार्य छैन ।’