अभिनेता विराज भट्टको आगामी एक्सन-थ्रीलर चलचित्र ‘१२ गाउँ’बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले डेब्यु गर्ने भएकी छिन्। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने यो चलचित्रमा इन्टरनेसनल न्यान्सी खड्काको मुख्य भूमिका रहने छ। साथै, यसैचलचित्र बाट अभिनेता विराजका छोरा समीरले पनि अभिनयमा डेब्यु गर्दैछन् ।
चैत १५ गतेदेखि छायांकन सुरु गर्ने यो चलचित्रको निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबीच लिखित सम्झौता भैसकेको छ । त्यस्तै, चलचित्रको लागि अर्को एक मुख्य कलाकार फाइनल हुन बाँकी रहेको बुझिएको छ।
यो चलचित्रको सम्पूर्ण छायांकन नेपाल र भारतमा गरिने अभिनेता भट्टले जानकारी दिए।
मिस नेपाल इन्टरनेसनल २०२२ को संस्करणमा खड्काले जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाइन् । टेलिभिजन भिजे र संचारकर्मी समेत रहेकी उनको अभिनय गर्ने रुचि ‘१२ गाउँ’ मार्फत पूरा भएकोमा खुशी व्यक्त गरिन्।
त्यस्तै, अभिनेता विराज भट्टको पहिलो निर्माण तथा निर्देशन रहेको चलचित्र ‘साङ्लो’ हो। यो चलचित्र उनको दोश्रो निर्माण तथा निर्देशन हो। यो चलचित्रको लाइनअफ हेर्दा उनको यो दोश्रो चलचित्र रोचक हुने पक्का छ। पहिलो चलचित्रबाट उनले पूर्वमिस नेपाल निकिता चाण्डकलाई डेब्यु गराएका थिए।