‘टाँक’को फस्टलुक पोस्टर – प्रियंका कार्कीको ग्रामिण अवतार

१६ फागुन २०८० ४:२१

निर्देशक साम्तेन भुटिया निर्देशित चलचित्र ‘टाँक’को पोस्टर सार्वजनिक गरिएको छ। नायिका प्रियंका कार्कीले जन्मदिनको अवसर पारेर मंगलबार छोटो चलचित्र ‘टाँक’को फस्टलुक पोस्टर सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक पोस्टरमा नायिका प्रियंकाको ग्रामिण अवतार देख्न सकिन्छ । उनको लुक्स विशुद्ध ग्रामिण महिलाको अवतारमा प्रस्तुत छ । सार्वजनिक दुई पोस्टर मध्य अर्को पोस्टरमा भने उनी चाइल्ड एक्टरसँग उभिएकी छिन् ।

श्यामाश्री र किरण दाहाल लगायतका कलाकार लिएर निर्माण गरिएको यो चलचित्रलाई आयंका फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । छोरी आयंकाको नामबाट उनले निर्माण कम्पनीको नाम तय गरेकी छन् ।

नेपालमा रिलिज गर्ने तयारी रहेको यो चलचित्रको छायांकन धादिङमा भएको हो भने चलचित्रको सुटिङका लागि यतिबेला साम्तेन काठमाडौंमा छन् । त्यस्तै, प्रियंकाको कुरा गर्दा निर्देशक सिमोस सुनुवारसँग मिलेर उनले एक फिचर फिल्म निर्माण गर्दैछिन् । प्रियंका र सिमोस हिमालय रोडिजको आगामी सिजनमा पनि व्यस्त हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *