कस्तो होला ‘मोदीबेनी’मा अमर र वर्षाको केमेस्ट्री ?

१५ फागुन २०८० ९:१५

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मोदीबेनी’ छायांकनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन्। करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ।

निर्देशक शङ्कर कोइरालाको निर्देशन रहने यो चलचित्रमा झण्डै तीन वर्षको अन्तरालपछि फिचर चलचित्रको प्रमुख भूमिकामा अभिनयको लागि छायाङ्कनमा जान लागेकी अभिनेत्री वर्षाले चलचित्रको विषय उत्साहपूर्ण र नयाँ रहेकोले पर्वतमा पुगेर अभिनय गर्न उत्साहित रहेको बताइन् ।

त्यस्तै, नव- नायक अमर प्रतापले आफ्नो मन पर्ने अभिनेत्री नै आफ्नो को-एक्टर बनेकोमा खुसी रहेको बताए। यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् ।

चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।

चलचित्रमा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *