चर्चित गायक पंकज उदासको ७२ बर्षको उमेरमा निधन

१५ फागुन २०८० ७:३७

चर्चित भारतीय गायक पंकज उदासको आज निधन भएको छ । केही दिनदेखि बिरामी रहेका गायक उदासअको ७२ बर्षको उमेरमा आज बिहान निधन भएको हो।

सोमबार बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा गायक उदासको निधन भएको हो । नको निधनको जानकारी छोरी नायबले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

सन् १९५९ मे १७ तारिखमा जेतपुरमा जन्मिएका गायक उदासको सुरुवातमा गायन क्षेत्रमा आउने उनको कुनै योजना थिएन । तर, जब उनले सन् १९८० मा ‘आहत’ नामक एल्बम सार्वजनिक गरे, यसपछि उनको चर्चा चुलियो ।

गायक उदासको ‘चिठ्ठी आई हे’ बोलको गीत सर्वाधिक चर्चामा छ । उनलाई भारतको सरकारले सन् २००६ मा पद्यमश्री पुरस्कार समेत प्रदान गरेको थियो ।

उनले आवाज भरेका ‘माहिया तेरी कसम, ना कजरेकी धार’ लगायतका गीतहरू सुपरहिट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *