अमेरिका र क्यानडामा नीताको ‘ह्रस्व दीर्घ’ विक्री

१५ फागुन २०८० ६:२४

नायिका नीता ढुंगानाको निर्माणमा तयार भएको चलचित्र ‘ह्रस्व दीर्घ’को ओभरसिज राइट्स विक्री भइरहेको छ । यो चलचित्रको अमेरिका तथा क्यानडामा प्रदर्शन अधिकार पनि विक्री भएको हो । यसअघि चलचित्रको जापान र दक्षिण कोरियाको अधिकार विक्री भएको थियो ।

नेपाली तथा तेलेगु भाषाना रिलिज हुने यो चलचित्रको प्रदर्शन अधिकार रमेश भट्टको एभ्रेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ(पिक इन्टरटेन्मेन्टले संयुक्त रुपमा लिएका हुन्।

यो चलचित्रको दुई सेड्यूलमा छायांकन सकिएको छ भने अब १० प्रतिशत बाँकी छायांकन भारतमा गर्ने तयारी गरिएको छ ।

आउँदो बर्षको असोज ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रलाई निदेशक चन्द्र पन्तले निर्देशन गरेका हुन्। नेपाली तथा भारतीय कलाकारहरूको बलियो लाइनअपका कारण चर्चामा रहेको यो चलचित्रमा साउथका चर्चित कलाकारहरू ब्रम्हानन्दमा, अलि र प्रदीप राउतको अभिनय छ ।

युवा ज्योतिष हरिहर अधिकारीको लेखन रहेको यो चलचित्रमा हरिहर, नीता ढुंगाना, विपना थापा, सरोज खनाल, गरिमा शर्मा, संचिता लुइँटेल, वुद्दि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

बिग बजेटमा तयार हुँदै गरेको यो चलचित्रलाई लिएर नायिका नीता उत्साहित रहँदै आएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *