‘आर्टिकल ३७०’को बलिउड बक्स अफिसमा धमाका – तीन दिनमा २५.४५ करोडको व्यापार

१५ फागुन २०८० ६:०६

नायिका यमी गौतमको नयाँ चलचित्र ‘आर्टिकल ३७०’ले बलिउडको बक्स अफिसमा धमाका मच्चाइरहेको छ । समीक्षकबाट समेत उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रले दर्शकको पनि साथ पाइरहेको छ ।

यो चलचित्रले रिलिजको पहिलो दिन शुक्रबार ६.१२ करोडको व्यापार गरेको थियो । शनिबार चलचित्रको व्यापार ९.०८ करोड पुग्यो । आइतबार बिदाको दिन चलचित्रले १०.२५ करोडको कमाई गर्यो । तीन दिनमा चलचित्रले २५.४५ करोडको व्यापार गरेको छ ।

विकेन्ड कलेक्शन नै सुखद भएपछि चलचित्रले सुपरहिट वा ब्लकबस्टर हुने विश्लेषण बलिउड पण्डितहरूको छ । चलचित्रको कथावस्तुलाई दर्शकले निकै रुचाएका छन् । यो चलचित्रलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका थिए ।

चलचित्रमा नायिका गौतमको कामको चौतर्फी प्रशंसा भइरहेको छ । यमीले करिअरमै उत्कृष्ट काम गरेको भन्दै समीक्षकहरूले प्रतिक्रिया दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *