‘अगस्त्य’ ट्रेलरमा देखाइएको भन्दा धेरै कुरा चलचित्रमा छ : सौगात मल्ल

१५ फागुन २०८० ५:५५

यही शुक्रबारबाट व्यापक पर्दर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अगस्त्य’का नायक सौगात मल्लले चलचित्र सोचेभन्दा राम्रो बनेको बताएका छन्। चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा प्रचारप्रसारलाई तिव्र परेका उनले ट्रेलरामा देखाएको भन्दा चलचित्र १० गुणा राम्रो बनेको दाबी गरेका हुन्।

चलचित्रको ट्रेलर उत्कृष्ट हुने तर चलचित्र कमजोर हुने शैलीका कारण दर्शक निराश पनि छन् । तर, चलचित्र ‘अगस्त्य’मा यो कुरा लागू नहुने नायक सौगात मल्लले दाबी गर्छन् ।

उनले भने–‘चलचित्रको ट्रेलरमा देखाइएको भन्दा अझै धेरै कुरा चलचित्र भित्र छ । धेरै कुराहरू अझै देखाउन बाँकी रहेकाले पनि दर्शकलाई बाँध्न सकिन्छ भन्ने मलाई लागेको छ ।’ हाम्रो चलचित्रको ट्रेलरले दर्शकलाई झुक्याएर हलसम्म ल्याउदैन्। सौगातले भने,

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र दर्शक माझ निकै प्रतिक्षित छ। फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको चलचित्रको टिजर र ट्रेलरपछि अझै पतिक्षित बनेको हो।

यो चलचित्रको हलमा बूकिङ समेत खुलेको छ । तर, मुख्य शहरहरूमा बूकिङ खुल्न बाँकी छ । दर्शकले पनि यो चलचित्रलाई प्रतीक्षा गरेर बसेका छन् । अर्कोतिर, यो चलचित्रको व्यापारले नेपाली चलचित्रको आगामी दिनको बाटोलाई समेत तय गर्ने देखिएको छ । यसकारण, ‘अगस्त्य’को व्यापार निर्मातालाई मात्र नभएर सिंगो चलचित्र क्षेत्रकै लागि महत्वपूर्ण देखिएको छ ।

चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको चलचित्रमा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ ।

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *