सामाजिक संजाल टिकटकबाट चर्चा कमाएका सरोज राना प्रजा र बिना राउतको ब्रेकअप भएको छ। लामोसमयदेखी प्रेम सम्बन्धम रहदै आएका यो जोडीको भर्खरै मात्रा ब्रेकअप भएको हो। हामीलाई प्राप्त जानकारी अनुसार सरोज र बिनाको केही समय अगाडिदेखी नै प्रेमसम्बन्धमा दरार आएको थियो। आधिकारिक रुपमा भने सरोज र बिनाले यसबारेमा केही कुरा बताएका छैनन्।
अहिले यि दुबैजना छुट्टाछुट्टै काम गरिरहेका छन्। यि दुबैको चाहाना सँगै काम नगर्नु हो। बिशेष श्रोतका अनुसार इन्स्टाग्राममा समेत एकले अर्कालाई ब्लक गरेका छन्। अहिले बोलचाल नै बन्द गरेर छुटाछुट्टै काम गरिरहेका यो जोडीको ब्रेकअपको कारण भने खुलेको छैन्। सुरुवाती दिनदेखी नै सँगै देखिएका यो जोडीले दर्जनौ म्युजिक भिडियोमा काम गरिसकेका छन्।
छोटोसमयमै राम्रो चर्चा कमाएर दर्शकको मन जितेका सरोज र बिनाको अबको यात्रा कस्तो रहला त्यो भने हेर्न बाँकी नै छ।