धिरज र साम्राज्ञीको सम्बन्ध चिसिएकै थियो त ?

१३ फागुन २०८० १४:४७

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा एकसाथ काम गरेका नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फेरी एकपटक सँगै पर्दामा देखिदैछन्। यो चलचित्र प्रदर्शन भएको लामो समयपछि यि दुई जोडीको चलचित्र ‘रुमानी रङ्ग’ मार्फत पुन: मिलन भएको हो ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा एकसाथ काम गरेपछि यो जोडीको चर्चा पनि निकै चुलियो । यसपछि, यी दुईले एकसाथ काम गर्न सकेनन् । चलचित्रले राम्रो ब्यापार गर्‍यो तर चलचित्र रिलिज भएपछि धिरज र साम्राज्ञीको सम्बन्धमा दरार आयो । उनीहरुबिच बोलचाल नै बन्द भएको खबर समेत सार्वजनिक भयो ।

तर, यतिका बर्षसम्म नराम्रो भएको सम्बन्ध एक्कासी कसरी राम्रो भयो ? भन्ने प्रश्न धेरैको मनमा उब्जिन सक्छ। तर, हालैमात्र निर्माणको घोषणा गरिएको चलचित्र ‘रुमानी रङ्ग’ मार्फत जोडिएपछि धिरज र साम्राज्ञी नजिक भएका छन् । साथै, उनीहरुले आफूहरूको सम्बन्धमा कुनै पनि किसिमको दरार उत्पन्न नभएको तर्क समेत गरे ।

मेरो र धिरजको सम्बन्धमा दरार आएको होइन् । चलचित्रको काम सकिएपछि म आफ्नो बाटो लाग्छु भन्ने सबैलाई थाहा नै छ । धिरज र मेरो लागि भनेर कहिले पनि स्क्रिप्ट आउँदै आएन । साम्राज्ञी भनिन्,- उनले उल्टै प्रश्न गरिन् सँगै चलचित्रमा नदेखिदैमा कसरी सम्बन्ध बिग्रिएको हुन्छ ?

त्यस्तै, नायक धिरज मगरले पनि साम्राज्ञीसँग कहिले पनि सम्बन्ध नबिग्रिएको तर्क गरे । उनले, आफूहरूलाई भनेर कहिले पनि स्क्रिप्ट नआएको बताए । सम्बन्ध सुमधुर भएकै कारण यसपटक काम गर्न आफूहरू तयार भएको उनको तर्क थियो ।

आफुहरुको सम्बन्धमा कहिले दरार उत्पन्न नभएको बताउने यो जोडीयो अब चलचित्र ‘रुमानी रङ्ग’ पश्चातको सम्बन्ध कस्तो होला त्यो भने पछिल्ला दिनहरुमा नै थाहा होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *