सिन्धुलीमा सकियो ‘सिटामोल’को छायांकन

१३ फागुन २०८० ८:०४

निर्देशक राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘सिटामोल’को छायांकन सकिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै चलचित्रको सम्पुर्ण छायांकन सिन्धुलीमा सकएिको निर्देशक सानेले जनाए ।

माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको छायांकन सकिएसङै निर्माण टिमले मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालका रोमान्टिक तस्वीर समेत सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरले दर्शकमाझ चलचित्रप्रती उत्साह पैदा गर्ने देखिन्छ ।

२५ दिनसम्म सिंन्धुलीमा गरिएको चलचित्रको छायांकन सहज वातावरणमा रमाइलोसँग सकिएको छ। चलचित्रमा कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको चलचित्रलाई दिव्य सुवेदीले खिचि रहेका छन् । चलचित्रमा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । चलचित्रमा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

चलचित्रलाई आगामी बर्षको तिजमा रिलिज पर्ने निर्माण टिमको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *