दिवाकरको ‘राजा’मा नीतिको इन्ट्री – कस्तो होला राज सँगको केमेस्ट्री ?

१३ फागुन २०८० ६:११

नायिका नीति शाह नयाँ चलचित्र ‘राजा’मा अनुबन्धित भएकी छिन्। निर्देशक दिवाकर भट्टराईको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘राजा’मा काम गर्ने पक्का भएको हो । निर्माणपक्षले नीतिसँग कागजी संझौता समेत गरिसकेको छ ।

भर्खरै मात्र ‘खजुरे ब्रो’को छायांकन सकाएकी उनले केही दिन अगाडि मात्र नायक सविर श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्र ‘रुखान’ पनि साइन गरिसकेकी छिन् ।

करिअरको केही बर्ष चलचित्र साइन गरेर पनि नबनेपछि निराश बनेकी नीति अहिले भने धमाधम चलचित्रमा काम गरिरहेकी छिन् । उनको व्यस्तता अहिले ह्वात्तै बढेको छ ।

केही बर्ष अगाडी नै निर्माणको घोषणा गरिएको यो चलचित्रको शीर्ष भूमिकामा नायक राज कटुवालले काम गर्नेछन् । भने, यो चलचित्रका लागि राजले लामो समयदेखि शरीर समेत बनाइरहेका छन् ।

केही दिनमै छायांकन सुरु गर्ने तयारीमा रहेको यो चलकित्रको निर्माता तथा नायक राज कटुवालले चलचित्रको तयारी तीव्र पारिएको बताएका छन् । यसै चलचित्र मार्फत नायिका नीति र राजले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *