एभरेष्टको चलचित्रबाट नारायण त्रिपाठीको कमब्याक

१२ फागुन २०८० १२:०९

निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ चलचित्र ‘चमेलीको पोई’ बाट चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कम ब्याक’ गर्ने भएका छन् । बिगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले दिएका छन् ।


सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गरेका हुन् ।

कमेडी जनराको ‘चमेलीको पोई’ मा अन्य कलाकार को को हुनेछन् भन्ने अहिलेलाई गोप्य राखीएको छ । निर्देशक बोहराले शनिबार आफ्नो चलचित्रमा अमेरिका निवासी पुराना चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई भित्र्याएको जानकारी दिएका हुन्।

एक समय ‘प्रेमचरो’ को उपनामले चर्चित हाँस्य कलाकार त्रिपाठी र निर्देशक बोहराको दोस्ती निकै पुरानो हो।आफूले पहिला त्रिपाठीलाई बिभिन्न नाटक,टेलिफिल्म हुदै फिचर चलचित्र ‘अग्नी परिक्षा’ मा समेत अभिनय गराएको स्मरण गर्दै ‘चमेलीको पोई’ मार्फत उनको ‘कमब्याक’ गराउन पाउदा खुशी लागेको बताए।

हाँस्य प्रदान सामाजीक बिषयको चलचित्रमा त्रिपाठी एक प्रमुख भूमिकामा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *