नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर नयाँ चलचित्र निर्माण हुने भएको छ। निर्देशक समुद्र भट्टको निर्देशन रहने अनटाइटल प्रोजेक्टका लागि निर्देशक भट्टले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी हुन् ।
आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको चलचित्रक्ल बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले जनाएको हो ।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिने चलचित्रमा लभ स्टोरी क्र्रइम थ्रिलरमा आधारित हुनेछ। चलचित्रमा समुद्रकै कथा रहने छ ।
चलचित्र अनुराग बाट नेपालि चलचित्र क्षेत्रमा डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो चलचित्र हुने छ ।
त्यस्तै, नायक निश्चल खड्काले ‘लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । निश्चलको यो चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । भने निर्देशक समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।