अगस्त्य: दर्शकका लागि सिनेमाटिक चलचित्र

१२ फागुन २०८० ९:२१

फागुन १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य च्याप्टर १’को प्रचार प्रसार व्यापक रुपले थालिएको छ। चलचित्र प्रदर्शन मिती नजिकिदै गर्दा यो चलचित्रको प्रचार झनै व्यापक भएको रुपले थालिएको हो।

निर्देशक चौधरीकाले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताएका छन् । ती घटना लकडाउन अघिको र लकडाउनको समयमा देखिएको उनको भनाई थियो । ‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो। त्यसैले पनि यो चलचित्र दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो यो चलचित्र मार्फत हेर्न पाउनुहुनेछ’।-उनले भने

अभिनेता सौगात मल्लले चलचित्रमा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए । ‘म आफैँ पनि झण्डै-झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ। दुई भिन्न चरित्रमा देखिएका सौगातले २५-२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको बताए ।

अधिकांश चलचित्रमा रोम-कमको भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । त्यस्तै नायिका महिका महतले आफू भन्दा अग्रज कलाकारसँग् काम गर्दा दबाबको महशुस भए पनि उनीहरुबाट धेरै कुराहरु सिक्न पाएकोमा खुशी भएको बताइन्।

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र अहिले दर्शक माझ निकै प्रतिक्षित छ। फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको यो चलचित्रको टिजर र ट्रेलरपछि दर्शकमाझ पतिक्षित बनेको हो।

प्रकाश मल्ल, अनिष तामाङ, अभिषेक चौधरीको लगानी रहेको चलचित्रमा संजय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको छायांकन नेपाल र भारतमा गरिएको हो । सौरभ शर्मा र भास्कर स्वाँरको व्याकग्राउन्ड स्कोर उत्कृष्ट छ ।

चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत्त, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *