साम्राज्ञीको सुन्दरता

११ फागुन २०८० ११:५९

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह एक बर्षपछि मिडियामाझ देखिइन् । नयाँ चलचित्र ‘रुमानी रङ्ग’को घोषणा कार्यक्रममा साम्राज्ञी आकर्षक पहिरनमा उपस्थित भएकी थिइन् ।

साम्राज्ञीले आफूले एक बर्षसम्म राम्रो कथा नपाएकाले गर्दा काम नगरेको तर्क गरिन् । उनले, स्क्रिप्टको अफर धेरै आएपनि आफूले खोजे जस्तो कथामा काम गर्न नपाएकाले साइन नगरेको तर्क गरिन् ।

साम्राज्ञीले आफू चलचित्र क्षेत्रबाट टाढा नभएको पनि बताइन् । उनले भनिन्–‘म चलचित्र क्षेत्रबाट टाढा भएकी होइनँ । तर, गतबर्ष दुई वटा चलचित्र रिलिज भएपछि मैले ब्रेक पनि खोजेको थिएँ । अहिले, चलचित्रको कथा राम्रो आएपछि काम गरेकी हुँ ।’

साम्राज्ञीले अभिनय गरेको चलचित्र ‘लण्डन टू पेरिस’को छायांकन सकिएको छ । चलचित्र ‘रुमानी रङ्ग’को छायांकन भने बैशाखबाट सुरु हुनेछ ।

तस्वीरः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *