‘डन ३’मा कियाराको इन्ट्री, २७५ करोडमा बन्दैछ फिल्म

११ फागुन २०८० ११:४३

फरहान अख्तरको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘डन ३’मा नायिका कियारा आडवाणीको प्रवेश भएको छ । चलचित्रको मुख्य भूमिकामा नायक रणवीर सिंहले काम गर्ने पक्का भएको छ ।

रणवीर र कियाराको जोडीलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । यो चलचित्रको बजेट पनि महंगो रहेको वुझिएको छ । भारतीय मिडियाका अनुसार, यो चलचित्र ‘डन’ सिरिजको सबैभन्दा महंगो बजेटमा बन्न लागेको चलचित्र बताइएको छ । मिडिया रिपोर्टका अनुसार, यो चलचित्रलाई २ सय ७५ करोडको बजेटमा निर्माण गर्न लागिएको हो ।

एक्सन र सस्पेन्स कथामा तयार हुन लागेको यो चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्र ‘डन र डन २’मा साहरुख खानले अभिनय गरेका थिए । यी दुबै सिरिज सुपरहिट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *