‘सुस्त सुस्त’ गीतमा आँचल र दयाहाङ रोमान्टिक

११ फागुन २०८० ११:१३

नायक दयाहाङ राई र नायिका आँचल शर्मा चलचित्र ‘डिग्री माइला’को ‘सुस्त सुस्त’ गीतमा रोमान्टिक बनेका छन् । एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडीको संगीत, दिल्लु चापागाँइको शब्द रहेको गीतमा आँचल र दयाको रोमान्स देख्न सकिन्छ । युमी बलामीको कोरियोग्राफी रहेको भिडियोमा रेनशा वान्तवा राई कोरियोग्राफी निर्देशकको रुपमा छिन् ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथालाई प्रस्तुत गरेको छ । यही नाममा नायक दयाहाङले केही बर्ष अगाडि नाटक समेत तयार पारेका थिए । सोही नाटकको नाममा आधारित रहेर चलचित्र तयार पारिएको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुष्मा फिल्मस्सँग मिलेर यो चलचित्र तयार गरेको हो । चलचित्रमा बिजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा नेमिष श्रेष्ठको छायांकन, शिवराम श्रेष्ठ र राइली एस सिनको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *